काठमाडौं । कलाकार दीपकराज गिरीले गायिकाद्वय समिक्षा अधिकारी र एलिना चौहानले चलाएको अभियान प्रशंसनिय भएको भन्दै शुभकामना व्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा फोटोसहित लामो स्टाटस लेख्दै उनले एलिना र समिक्षा दुबै आफूलाई मन पर्ने गायिका भएको बताएका छन् । उनले लेखका छन्–‘यी दुइटै गायिका मलाइ मन पर्ने गायिका हुन् ।’
दुबै गायिकामाथि अनेकथरी लान्छना लगाइए पनि उनीहरु त्यसप्रति डटेर लडेका भन्दै उनले प्रशंसा समेत गरेका छन् ।
उनले भनेका छन्–‘यस्तो जटिल परिस्थितिमा, आफूमाथि खनिने त्यस्ता सामाजिक संजालका फूर्सदिला गालि सम्राटहरूलाई तिमिहरूले सामाजिक सञ्जालमै उनीहरूका हर्कत उदॉगो पार्ने जुन अभियान चलायौ त्यो एकदमै प्रशंसनिए छ १ दूबै जनालाइ शुभकामना !’
केही दिनदेखि यी दुई गायिकाले आफूहरूलाई कमेन्टमा अभद्र गाली गर्ने, अपाच्य शब्दहरू प्रयोगकर्ताको प्रोफाइल नै सार्वजनिक गरिरहेका छन् । उनीहरूले आफ्नो आत्मसम्मानमा ठेस पुर्याउने तथा अभद्र र छुद्र शब्दहरू प्रयोग गरेर कमेन्ट गर्ने प्रयोगकर्ताहरूलाई सामाजिक सञ्जालबाटै सार्वजनिक गरेका हुन् ।
उनीहरूले अपाच्य शब्द प्रयोग गरेर निजी जीवनमै असर गर्ने गरी कमेन्ट गर्ने, म्यासेज गर्ने प्रयोगकर्ताहरूलाई धमाधम सार्वजनिक गरिरहेका छन् । असहिष्णु र अभद्र व्यवहार गर्नेहरूलाई सञ्जालबाटै खुलेआम सार्वजनिक गरिदिएपछि कतिपय प्रयोगकर्ताले चौहान र अधिकारीसँग माफी समेत मागेका छन् । आफूले सार्वजनिक गरेपछि माफी मागेको समेत उनीहरूले सामाजिक सञ्जालबाटै जानकारी गराएका छन् ।
दुई दिन अघि चौहानले फेसबुकमा लेखेकी थिइन्, ‘कमेन्टको अत्याचार धेरै भयो । अब पालैपालो पोस्ट गर्छु ।’
साथै एक भिडियो सन्देशमार्फत सञ्जालमा आएर नकारात्मक प्रतिक्रियाहरूलाई अब सहेर नबस्ने समेत बताएकी थिइन् । थप कानुनी उपचारको लागि जाने समेत बताएकी थिइन् ।
अधिकारी र चौहानको यो हिम्मतको चौतर्फी प्रशंसा भइरहेको छ । यही क्रममा गिरीले पनि दुवै गायिकालाई सम्बोधन गर्दै ऐक्यबद्धता जनाएका हुन् ।
यस्तो छ उनको स्टाटस जस्ताको त्यस्तै
यी दुइटै गायिका मलाइ मन पर्ने गायिका हुन् !
त्यो मध्य पनि समिक्षाको त म गायकी को मात्रै होइन सूरूदेखि उनको साहसको पनि प्रसंसक हूँ!
सानो उमेरमा नै उनीमाथि जुन बज्रपात पर्यो त्यो ठॉउमा जो कोही भएपनि टिक्न सक्दैनथ्यो होला तर, उाले परिस्थिति संग घूंडा टेकिनन र लड्दै आइन । त्यस्कै फलस्वरूप आज यॉहा पुगिन् !
सामाजिक संजाल कस्तो छ ?
आफूले समाजको लागि परिवारको लागि राष्ट्रको लागि दुइ कौडिको काम नगर्ने, तर जो काम गर्नेहरू छन् तिनिहरूलाई नैतिकता सिकाउने, गालि गलौच गर्ने , त यस्तो, त उस्तो भनेर अभद्रता देखाउने , चरित्र माथि औला उठाउने ! यस्तै चलिआएको छ …..
पैसा कमाएकाहरू सबै भ्रष्टाचारी, नाम कमाएका कलाकार, पेशाकर्मी सबै नैतिकताहिन, चरित्र खराव, देशमा सबै अज्ञानि आफू मात्रै साधु सन्त ज्ञानि ….
आफूले समाज र राष्ट्रको लागि सिन्को नभॉच्ने देशै खतम, नेतै खतम, केहि गर्न सकिन्न यॉहा भन्ने जतिबेला फ्रष्टेटेड कुरा गर्ने, अनि गॉउदेखि आएर संघर्ष गरेर, भोकभोकै बसेर संघर्ष गरेर, हिम्मत नहारेर आफूलाइ स्थापित गरेकाहरूलाइ चाहि गाली गलौच गर्यो अनेकथरि लान्छना लगायो बस्यो !
यो ठॉउमा जस्ले जति गालि गर्न सक्यो त्यो हिरो । चूपचाप आफ्नो काम गरेर खाने पात्रहरू चाहि खलनायक ?
ब्यक्तिगत जीवनमा कस्को तलमाथि हुन्न ? को चाहन्छ खराब होस , तर भैदिन सक्छ कहिलेकाहि ! को छ यहॉ कमजोरी बिहिन मान्छे ?
एउटै पेशामा भएका प्रतिष्पर्धीहरूकै संग्लग्नतामा पनि यस्ता गालि किन्ने र बेच्ने काम भैरहेको अबस्था छ !
यस्ता उत्श्रृखलता बिरूद्द साइवरमा गयो कानून नै कमजोर, ठूला नेतालाई गालि गर्यो भने समातेर तु कारबाहि सूरू गरिहाल्ने तर अन्य मानिशहरूलाइ गरिएको गालि गलौचको त रिपोर्ट भए पनि कस्ले सुन्ने ? सुने पनि बर्षौ लाग्ने, त्यसकै पछि लागिरहने फूर्सद कॉहा पाउनु फेरी ?
यस्तो जटिल परिस्थितिमा, आफू माथि खनिने त्यस्ता सामाजिक संजालका फूर्सदिला गालि सम्राटहरूलाई तिमिहरूले सामाजिक संजालमै उनीहरूका हर्कत उदॉगो पार्ने जुन अभियान चलायौ त्यो एकदमै प्रशंसनिए छ ! दूबै जनालाइ शुभकामना !
जय नेपाल !!