Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

फोर्डोमा बम खसालेका अमेरिकी लडाकु पाइलट भन्छन् – मैले यस्तो विस्फोट पहिले कहिल्यै देखेको थिइनँ

फोर्डोमा बम खसालेका अमेरिकी लडाकु पाइलट भन्छन् – मैले यस्तो विस्फोट पहिले कहिल्यै देखेको थिइनँ

शुक्रवार , आषाढ १३, २०८२

काठमाडौं । इजरायल र इरान बीचको युद्ध चलिरहेका बेला अमेरिकाले गत आइतबार इरानको फोर्डो आणविक प्लान्टमा गरेको आक्रमणका बारेमा लडाकु विमानका पाइलटले मुख खोलेका छन् ।

‘अपरेशन मिडनाइट ह्यामर’ नाम दिएको यस आक्रमणको लागि अमेरिकाले आफ्ना बी–२ स्टिल्थ बमवर्षकहरू प्रयोग गरेको थियो ।

अमेरिकाले उक्त बमवर्षकहरूबाट इरानको आणविक आधारहरूमा १४ हजार किलोग्राम तौलका भारी बमहरू खसालेको थियो ।

अमेरिकी पाइलटले बम खसाल्दाको अवस्थाबारे बोलेको विषयलाई अमेरिकी संयुक्त चिफ अफ स्टाफ प्रमुख डान केनले बाहिर ल्याएका हुन् ।
डान केनले अपरेशनमा संलग्न एक पाइलटलाई उद्धृत गर्दै भनेका छन्–‘मैले यस्तो विस्फोट पहिले कहिल्यै देखेको थिइनँ। यो मेरो जीवनको सबैभन्दा भयानक विस्फोट थियो, जब फोर्डोमा इरानको आणविक आधारमा बम खसालियो, यति धेरै प्रकाश र आगो फैलियो कि यो दिनको उज्यालो जस्तो देखिन्थ्यो।’

केनले मिसनमा गएका टोलीलाई उनीहरू घर फर्कनेछन् कि छैनन् भन्ने कुरा नै थाहा नभएको बताउँदै मिसन पूरा गरेपछि सबैजना सुरक्षित फर्किएको बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोलाल्ड ट्रम्पको निर्देशनमा गरिएको आक्रमणहरूमा इरानको तीन आणविक प्लान्ट फोर्डो, नातान्ज र इस्फहानलाई लक्षित गरिएको थियो।

तीन मध्ये, फोर्डोलाई सबैभन्दा चुनौतीपूर्ण मानिएको थियो, जुन पहाड भित्र बनाइएको एक सुरुङभित्र थियो। यो लगभग हरेक प्रकारको आक्रमणबाट बच्न पर्याप्त बलियो थियो।

[caption id="attachment_353814" align="alignnone" width="1000"] तस्बिर स्रोत : एपी[/caption]

केनका अनुसार, फोर्डो आणविक प्लान्टमा दुई प्रमुख भेन्टिलेसन मार्गहरू थिए, प्रत्येकमा पिचफोर्क आकारको डिजाइन थियो, दुई साना शाफ्टहरू थिए। अपरेशनको केही दिन अघि, इरानले यी भेन्टहरू कंक्रीट स्ल्याबले बन्द गर्ने प्रयास गरेको समेत केनले बताएका छन् ।

केनले ३७ घण्टा लामो ‘अपरेशन मिडनाइट ह्यामर’मा संलग्न चालक दलका सदस्यहरूले उत्कृष्ट काम गरेको भन्दै प्रशंसा गरेका छन् । - एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077