Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

विश्वकप छनोटअघि नेपालले अस्ट्रेलियामा ट्वान्टी–२० सिरिज खेल्ने

विश्वकप छनोटअघि नेपालले अस्ट्रेलियामा ट्वान्टी–२० सिरिज खेल्ने

शुक्रवार , आषाढ १३, २०८२

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले टी–२० विश्वकप छनोटको तयारीका लागि अष्ट्रेलियामा अभ्यास सिरिज खेल्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार एक विज्ञप्ति जारी गर्दै नेपालले अष्ट्रेलियामा टप इण्ड टी–२० सिरिज खेल्न लागेको जानकारी गराएको हो ।

क्यानका अनुसार नेपालले २०२६ मा भारत र श्रीलंकामा हुने टी–२० विश्वकप छनोटको तयारीका लागि सिरिज खेल्ने छ ।

नेपालले १४ देखि २४ अगष्टमा अष्ट्रेलियाको टप इण्ड टी–२० सिरिजमा भाग लिनेछ । क्यानका अनुसार नेपालले उक्त सिरिजमा कम्तीमा ६ वटा टी–२० खेल खेल्नेछ ।

क्यानले सिरिजबारे अन्य जानकारी र तालिका आगामी हप्ता सार्वजनिक गर्ने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077