Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नेपालले आज इन्डोनेसियासँग खेल्दै

नेपालले आज इन्डोनेसियासँग खेल्दै

आइतवार , आषाढ १५, २०८२

काठमाडौं । एसीसी १६ वर्षमुनिको इस्ट जोन कप प्रतियोगितामा नेपालले आज इन्डोनेसियासँग खेल्दैछ ।

मलेशियाको सेलाङ्गोर टर्फ क्लब क्रिकेट मैदानमा नेपाली समय अनुसार बिहान पौने ८ बजे खेल शुरु हुनेछ ।

अहिलेसम्म खेलेका दुई वटै खेलमा नेपाल विजयी भएको छ । आफ्नो पहिलो खेलमा नेपालले सिङ्गापुरलाई छ विकेट र दोश्रो खेलमा जापानलाई नौ विकेटले हराएको थियो ।

१६ वर्षमुनिको इस्ट जोन कपमा १० वटा टोली सहभागी छन् । समूह ‘ए’ मा नेपाल दुई खेलमा चार अङ्कसहित तालिकाको दोश्रो स्थानमा छ । चार खेलमा छ अङ्कसहित सिङ्गापुर शीर्ष स्थानमा छ । नेपालले समूह चरणको अन्तिम खेलमा पर्सि मङ्गलवार भुटानसँग खल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077