Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

एसीसी यु–१६ : नेपाली ओपनर प्रसिद्ध जैसीले बनाए शतक

एसीसी यु–१६ : नेपाली ओपनर प्रसिद्ध जैसीले बनाए शतक

आइतवार , आषाढ १५, २०८२

काठमाडौं । १६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपालका ओपनर प्रसिद्ध जैसीले इन्डोनेसियाविरुद्ध शतक प्रहार गरेका छन्।

७० बलको सामना गर्दा १५ चौका र एक छक्काको मद्दतमा १०४ रन बनाउँदै शानदार शतक बनाएका हुन्।

अहिले नेपालले २२ ओभरको समाप्तिमा दुई विकेटको क्षतिमा २२६ रन बनाएर खेलिरहेको छ।

नेपालका लागि परिमार्जन यादव २० बलमा ७ छक्का र तीन चौकाको मद्दतमा अर्धशतक पूरा गरे। उनी २८ बलमा ७१ रन बनाएर आउट भए।

मलेसियामा जारी प्रतियोगितामा आइतबार बिहान टस जितेर इन्डोनेसियाले फिल्ड रोजेपछि नेपालले सुरुमा ब्याटिङ गरेको हो।

यसअघि दुई खेलमा विजयी भएको नेपाल लगातार तेस्रो जितको लक्ष्यका साथ मैदानमा छ।

पहिलो खेलमा सिंगापुरलाई ६ विकेटले हराएको नेपालले दोस्रो खेलमा जापानलाई ९ विकेटले हराएको छ।

प्रतियोगितामा नेपालसहित १० टोली सहभागी छन्। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।

समूह ‘ए’ मा नेपालसहित सिंगापुर, इन्डोनेसिया, भुटान तथा जापान छन् भने समूह ‘बी’ मा मलेसिया, हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077