Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

पोखराले गर्‍यो कुशल भुर्तेलसहित ७ खेलाडी रिटेन

पोखराले गर्‍यो कुशल भुर्तेलसहित ७ खेलाडी रिटेन

आइतवार , आषाढ १५, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनका निम्ति पोखरा एभेन्जर्सले मार्की खेलाडी कुशल भुर्तेलसहित सात जनालाई रिटेन गरेको छ ।

पोखरा एभेन्जर्सले आइतबार विज्ञप्ति जारी गर्दै भुर्तेलसहित सागर ढकाल, आकाश चन्द, किरण ठगुन्ना, विपीन खत्री, दिनेश खरेल र तृतराज दासलाई आगामी संस्करणमा पनि निरन्तरता दिने जनाएको हो ।

भुर्तेल अलराउन्डर हुन् भने ढकाल, चन्द र खत्री बलर हुन् । रिटेन हुने ठगुन्ना, खरेल र दास ब्याटर हुन् ।

यस्तै, पोखराले पहिलो संस्करणमा खेलेका दिलिप नाथ, नारायण जोशी, सुनम गौतम, अमृत गुरुङ र सुदीप अर्याललाई रिलिज गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077