Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

मेस्सीको इन्टर मियामी क्लब विश्वकप प्रतियोगिताबाट बाहिरियो

मेस्सीको इन्टर मियामी क्लब विश्वकप प्रतियोगिताबाट बाहिरियो

सोमवार , आषाढ १६, २०८२

एजेन्सी । लिओनल मेस्सीको क्लब इन्टर मियामी क्लब विश्वकपबाट बाहिरिएको छ ।

एटलान्टामा भएको प्रि–क्वाटरफाइनल अन्तिम १६ मा मेस्सीको पूर्वक्लब पेरिस सेन्ट–जर्मेन (पीएसजी)सँग ४–० को हार बेहोर्दै इन्टर मियामी प्रतियोगिताबाट बाहिरिएको हो ।

खेलको पहिलो हाफमै पीएसजीले चार गोल गर्दै दर्ता गर्‍यो। अनमार्क रहेका जोआओ नेभेसले छैटौं मिनेटमा हेडर गर्दै पहिलो गोल गरे ।

त्यसको आधा घण्टापछि टिमको उत्कृष्ट पासिङ मूभको अन्त्य गर्दै उनले नै दोस्रो गोल गरे । ४४औं मिनेटमा इन्टर मियामीका थमस अविलेसले आफ्नै पोस्टमा गोल गरेपछि गोल ३–० भयो । पहिलो हाफको अन्त्यतिर अचार्फ हाकिमीले चौथो गोल गरे ।

अब पीएसजीले शनिवार हुने क्वाटरफाइनलमा फ्लामेन्गो र बायर्न म्युनिखबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077