Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यी हुन् सर्वाधिक कमाई गर्ने २५ नेपाली चलचित्र, पहिलोमा पूर्णबहादुरको सारङ्गी

यी हुन् सर्वाधिक कमाई गर्ने २५ नेपाली चलचित्र, पहिलोमा पूर्णबहादुरको सारङ्गी

सोमवार , आषाढ १६, २०८२

काठमाडौं । चलचित्र विकास बोर्डले २५औं वार्षिकोत्सवको उपलक्ष्यमा ६० वर्ष यताको दौडमा सर्वाधिक कमाइ गर्ने २५ वटा चलचित्रको नाम सार्वजनिक गरेको छ ।

चलचित्र ‘आमा’बाट सुरु भएको नेपाली चलचित्रले ६ दशक लामो इतिहास बनाएको छ । बोर्डले उक्त समयमा सबैभन्दा बढी कमाई गर्ने चलचित्रको लिष्ट बनाएको हो ।

यद्यपी बोर्डले बनाएको सूची हालसम्म नेपाली चलचित्रले टिकट विक्रीमार्फत गरेको कमाइको आँकडा हो । चलचित्र विकास बोर्डमा रहेको अभिलेख अनुसार तयार भएको यो सूचीले चलचित्रको सफलता वा गुणस्तरलाई भने पूर्णत मापन नगर्ने बताइएको छ ।

चलचित्रको बजेट र समयले यसको कमाईको अंकलाई बढी अर्थपूर्ण बनाउने बोर्डकै सदस्यहरु बताउँछन् ।

बोर्डले बनाएको सूचीको अग्रपंक्तिमा छ, पूर्णबहादुरको सारङ्गी छ । जसले कूल ४६ करोड ८७ लाख ४१ हजार रुपैयाँ बढी आम्दानी गरेको उल्लेख छ ।

त्यसैगरी दोस्रोमा कवड्डी–४ रहेको छ । यसले २१ करोड ४० लाख रुपैयाँ बढी कमाइ गरेको छ भने तेस्रोमा रहेको १२ गाउँले १९ करोड ९२ लाख बढी आर्जन गरेको उल्लेख छ ।

यस्तो छ सबैभन्दा बढी कमाई गर्ने चलचित्रको सूची

चौथो– छक्का पञ्जा ४ (आम्दानी : १७ करोड ५३ करोड बढी)

पाँचौं – जारी (आम्दानी : १७ करोड ४७ लाख बढी)

छैठौं – छक्का पञ्जा (आम्दानी : १ १६ करोड १० लाख बढी)

सातौं – महाजात्रा (आम्दानी : १५ करोड ६७ लाख बढी)

आठौं – छक्का पञ्जा ५ (आम्दानी : १५ करोड २० लाख बढी)

नवौंमा – कोहिनुर (आम्दानी : १४ करोड ७५ लाख बढी)

दशौं – छक्का पञ्जा २(आम्दानी : १४ करोड ५१ लाख)

एघारौं – शत्रु गते (आम्दानी : १२ करोड ६५ लाख बढी)

बाह्रौं – ऊनको स्वीटर(आम्दानी : १० करोड ६२ लाख)

तेह्रौं – कवड्डी २ (आम्दानी : १० करोड ३५ लाख बढी)

चौधौं – बोक्सीको घर (आम्दानी : १० करोड १० लाख बढी)

पन्धौं – माया छपक्कै (आम्दानी : ९ करोड ९२ लाख बढी)

सोह्रौं – दिमाग खराब (आम्दानी : ८ करोड ९८ लाख बढी)

सत्रौं – अन्जली (आम्दानी : ८ करोड ८३ लाख बढी)

अठारौं – परदेशी २ (आम्दानी : ७ करोड ९२ लाख बढी)

उन्नाइसौं – छक्का पञ्जा ३ (आम्दानी : ७ करोड ८३ लाख)

बीसौं – प्रेमगीत–३ (आम्दानी : ७ करोड ६३ लाख बढी)

एक्काइसौं – कबड्डी–कबड्डी–कबड्डी (आम्दानी : ७ करोड ५९ लाख बढी)

बाइसौं – पुजार सार्की (आम्दानी : ७ करोड ३८ लाख बढी)

तेइसौं – महापुरुष (आम्दानी : ७ करोड ३५ लाख बढी)

चौबीसौं – कवड्डी (आम्दानी : ७ करोड ३४ लाख बढी)

पच्चिसौं –पशुपतिप्रसाद–२ (आम्दानी : ७ करोड ३२ लाख)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077