Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

अति नै भएको भन्दै अन्ततः साइबर ब्युरो पुगिन् गायिका एलिना चौहान, चार जनाविरुद्ध उजुरी

अति नै भएको भन्दै अन्ततः साइबर ब्युरो पुगिन् गायिका एलिना चौहान, चार जनाविरुद्ध उजुरी

सोमवार , आषाढ १६, २०८२

काठमाडौं । नेता, कलाकार, दर्शक मात्रै होइन प्रधानमन्त्रीबाटै वाहीवाही पाएकी गायिका एलिना चौहान अन्तत उजुरी बोकेर नेपाल प्रहरीको साइबर ब्युरो पुगेकी छन्।

गत शनिबार फेसबुकमा फोटोसहितको स्टाटस लेख्दै प्रधानमन्त्री केपी शर्मा ओलीले गायिकाहरू एलिना चौहान र समीक्षा अधिकारीको तारिफ गरेका थिए ।

एलिना र समीक्षाले पछिल्लो समय आफूहरूको निजी जीवनका कुरालाई लिएर अभद्र शब्द प्रयोग गर्दै कमेन्ट गर्ने प्रयोगकर्ताहरूको ‘फेसबुक प्रोफाइल’ सामाजिक सञ्जालबाटै सार्वजनिक गरिरहेका छन्। यो कदम आफूलाई मन परेको प्रधानमन्त्री ओलीले बताएका हुन्।

‘साहसी छोरीहरू’ भन्दै शनिबार बिहान ओलीले फेसबुकमा लेखेका थिए–‘आफू राम्रो देखिन अरूको दोष खोजेर गाली गर्ने, जस्तो कुराको पनि विरोध नै गर्ने र सराप्ने परपीडक प्रवृत्तिबाट समाजलाई बचाउनु पर्छ। समाजलाई उत्तेजनाले ‘गाइड’ गरेर गलत बाटोतर्फ डोर्‍याउन नदिन र विवेकतर्फ फर्काउन गाली गर्नेहरूलाई सार्वजनिक गरिदिने यी दुई गायिकाको तरिका सही लाग्यो।’

ओलीले समाजको हरेक सकारात्मक पहलकर्ताले गाली पाउने प्रवृत्ति अति भइसकेको बताउँदै राम्रो गर्न खोज्नेले हिम्मत हार्नु नहुने उल्लेख गरेका थिए ।

प्रधानमन्त्री सँगै कलाकार र दर्शकहरुले समेत एलिना र समीक्षाको अभियानको समर्थन गरिरहेका छन्।

सामाजिक सञ्जालबाट प्रोफाइल सार्वजनिक गरेर पनि नभएको भन्दै एलिनाले नीजि जीवनका कुरालाई लिएर सामाजिक सञ्जालमा अभद्र कमेन्ट गर्नेहरूविरूद्ध साइबर ब्यूरो पुगेको बताएकी छन् ।

उनले सोमबार साइबर ब्युरो पुगेर सामाजिक सञ्जालमा चरित्रहत्या गर्ने चार जनाविरूद्ध उजुरी दिएकी हुन्।

अमर्यादित कमेन्ट गर्नेलाई कानूनी कारबाहीको माग गर्दै निवेदन दिएको ब्युरोले जनाएको छ ।

गायिका एलिनाले कानूनी उपचारका लागि साइबर ब्युरो पुगेको बताएकी छन् । उनले भनेकी छन्–‘अति नै भएपछि आज चार जनाविरूद्ध उजुरी दिएकी छु ।’

यद्यपी ‘फेसबुक प्रोफाइल’ सामाजिक सञ्जालबाटै सार्वजनिक गर्ने अभियानसँगै अहिले अमर्यादित कमेन्ट आउने क्रम कम भएको एलिनाले बताएकी छन् ।

अभद्र कमेन्ट गर्ने बाँकी प्रयोगकर्तालाई पनि क्रमशः जाहेरी दिँदै जाने उनले बताइन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077