एजेन्सी । साउदी प्रो लिग क्लब अल हिलाल फिफा क्लब विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अल हिलालले म्यानचेस्टर सिटीलाई ४–३ को गोल अन्तरले स्तब्ध पार्दै क्वाटरफाइनलमा स्थान बनाएको हो ।
अल हिलालको जितमा मार्क्स लियोनार्दोले २ गोल गरेका थिए भने माल्कम र कालिडोउ कौलीबालीले एक एक गोल गरे । म्यानचेस्टर सिटीका लागि बेर्नार्डो सिल्भा, इर्लिंग हालाण्ड र फिल फोडेनले एक एक गोल गरे ।
निर्धारित ९० मिनेटमा दुवै क्लबले २–२ गोल गरेपछि खेल ३० मिनेटको अतिरिक्त समय खेलाइएको थियो। अतिरिक्त समयमा अल हिलालले २ गोल गर्यो भने म्यानचेस्टर सिटीले एक गोल गरेको थियो।
अब क्वाटरफाइनलमा अल हिलालले ब्राजिलियन क्लब फ्लुमिनेन्सको सामना गर्ने छ । हारसँगै सिटी फिफा क्लब विश्वकपबाट बाहिरिएको छ ।