Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

साइबर ब्यूरोमा उजुरी हालेकी एलिनाले भनिन्–गृहमन्त्रीलाई विशेष धन्यवाद

साइबर ब्यूरोमा उजुरी हालेकी एलिनाले भनिन्–गृहमन्त्रीलाई विशेष धन्यवाद

मंगलवार , आषाढ १७, २०८२

काठमाडौं । गायिका एलिना चौहान र समिक्षा अधिकारीले गृहमन्त्री रमेश लेखकसँग भेटेर आफुहरुले भोगिरहेको समस्याबारे ध्यानाकर्षण गराएका छन् ।

पछिल्लो समय एलिनाले आफ्नो निजी जीवनका कुरालाई लिएर सामाजिक सञ्जालमा अभद्र शब्द प्रयोग गर्दै कमेन्ट गर्ने प्रयोगकर्ताहरूको ‘फेसबुक प्रोफाइल’ सामाजिक सञ्जालबाटै सार्वजनिक गरिरहेकी छन् ।

उनको यो कदमलाई प्रधानमन्त्री केपी शर्मा ओलीदेखि कलाकार र दर्शहरुले समेत प्रसंसा गरेका छन् ।

सामाजिक सञ्जालबाट प्रोफाइल सार्वजनिक गरेर पनि नभएको भन्दै एलिना उजुरी बोकेर हिजो नीजि जीवनका कुरालाई लिएर सामाजिक सञ्जालमा अभद्र कमेन्ट गर्नेहरूविरूद्ध साइबर ब्यूरो पुगेकी थिइन् ।

उनले सोमबार साइबर ब्युरो पुगेर सामाजिक सञ्जालमा चरित्रहत्या गर्ने चार जनाविरूद्ध उजुरी दिएकी हुन्।

गायिका एलिनाले कानूनी उपचारका लागि साइबर ब्युरो पुगेको बताएकी छन् । उनले भनेकी छन्–‘अति नै भएपछि आज चार जनाविरूद्ध उजुरी दिएकी छु ।’

यद्यपी ‘फेसबुक प्रोफाइल’ सामाजिक सञ्जालबाटै सार्वजनिक गर्ने अभियानसँगै अहिले अमर्यादित कमेन्ट आउने क्रम कम भएको एलिनाले बताएकी छन् ।

अभद्र कमेन्ट गर्ने बाँकी प्रयोगकर्तालाई पनि क्रमशः जाहेरी दिँदै जाने बताएकी एलिनाले आज गृहमन्त्री रमेश लेखकसँग भेट गरेकी हुन् ।

रमेश लेखकसँगको तस्विर सामाजिक सञ्जालमा सेयर गर्दै उनले गृहमन्त्रीले सहयोग गरेको समेत उल्लेख गरेकी छन् ।

उनले फेसबुकमा लेखेकी छन्–‘म यहाँसम्म तपाईंहरूको माया र साथले आइपुगेकी हुँ। तपाईंहरूको समर्थन नै मेरो आत्मबल हो। तर सबैले सधैं राम्रै सोचून् भन्ने अपेक्षा गर्न सकिन्न, त्यो स्वाभाविक हो। तर जब कुराहरू व्यक्तिगत जीवनमा आच पुर्‍याउने तहमा पुग्छन्, गालीगलौज र चरित्र हत्या जस्ता कार्यहरू भइरहन्छन्, त्यो सह्य हुँदैन।
जसले यस्ता कुरा गरिरहेका छन्, ती मेरो फ्यान होइनन् — ती त मेरो मन दुखाउन चाहने मात्र हुन्। त्यसैले आत्म–सम्मानको रक्षा गर्न बाध्य भई मैले कानूनी प्रक्रिया अघि बढाएकी छु। यो कुनै रिस वा घृणाले होइन, आफ्नो अस्तित्वको सुरक्षा गर्ने अधिकारले उठाइएको कदम हो।
यस विषयमा आवश्यक सहयोग प्रदान गर्नु भएकोमा माननीय गृहमन्त्री श्री रमेश लेखकज्यूलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। तपाईंहरूको साथ र सद्भावनाले मलाई अझ अघि बढ्ने हिम्मत दिएको छ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077