काठमाडौं । एएफसी महिला एसियन कप छनोटको आफ्नो दोस्रो खेलमा नेपालले श्रीलंकाविरुद्ध पहिलो हाफमा ४–० को अग्रता बनाएको छ ।
बुधबार उज्वेकिस्तानको तास्केन्तमा जारी खेलमा मध्यान्तरसम्म नेपालकी कप्तान सावित्रा भण्डारी (साम्बा)ले ह्याट्रिक गरिन् । यस्तै, अर्को एक गोल रक्षक गीता रानाले थपिन् ।
प्रतियोगितामा यसअघि नेपालले पहिलो खेलमा लाओसविरुद्ध ९–० को जित निकालेको थियो ।
यता, श्रीलंका भने पहिलो खेलमा उज्वेकिस्तानसँग १०–० ले पराजित भएको थियो ।