काठमाडौं । एएफसी एसियन कप छनोटअन्तर्गतको दोस्रो खेलमा नेपालले श्रीलंकालाई ८-० गोलले पराजित गरेको छ । तास्केन्तस्थित बुनयोदकोर स्टेडियममा भएको खेलको पहिलो हाफमा नेपालले ४ गोल गरेको थियो । दोस्रो हाफमा नेपालले ४ गोल थप्यो ।
नेपालका लागि कप्तान सावित्रा भण्डारीले पहिलो हाफमा ह्याट्रिक पूरा गरेकी थिइन् । दुई गोल गीता रानाले गर्दा रेखा पौडेल, पुजा राना मगर र निशा थोकरले एकएक गोल गरिन्
नेपालले पहिलो खेलमा लाओसलाई ९-० ले हराएको थियो। नेपालले समूह चरणको अन्तिम खेल बलियो टिम उज्वेकिस्तानसँग खेल्नेछ। नेपाल फिफा वरियताको १००औं स्थानमा रहेको छ भने उज्वेकिस्तान ५१औं स्थानमा रहेको छ।
अन्तिम खेलमा उज्वेयिकस्तानलाई हराएको खण्डमा नेपालले अर्को वर्ष अष्ट्रेलियामा हुने एसियन कपमा स्थान बनाउने छ।