Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

'तिमीहरूले मलाई सखाप पार्न फालेको आगोको मुस्लोले मेरो जिन्दगी उज्यालो बनाउँछ'

'तिमीहरूले मलाई सखाप पार्न फालेको आगोको मुस्लोले मेरो जिन्दगी उज्यालो बनाउँछ'

बुधवार , आषाढ १८, २०८२

काठमाडौं । गायिका एलिना चौहानले केही मान्छेहरूले नराम्रो प्रतिक्रिया गर्दैमा आफू कमजोर नहुने बताएकी छन् ।

बुधबार साँझ सामाजिक सञ्जाल फेसबूकमार्फत उनले यस्तो बताएकी हुन् । उनले आफू बाँच्नुभन्दा मृत्यु सहज लागेको अवस्थाबाट बाँचेर फर्किएको मान्छे भएको बताइन् ।

'बाँच्नुभन्दा मृत्यु सहज लागेको अवस्थाबाट बाँचेर फर्किएको मान्छे हो, के लाग्छ- २/४ वटा नराम्रो प्रतिक्रियाले हार मान्छु होला ? तिमीहरूले मलाई सखाप पार्न भनेर फालेको आगोको मुस्लोले मेरो जिन्दगीलाई थप उज्यालो बनाउँछ,' उनले लेखेकी छन् ।

पछिल्लो फटक चौहानले सामाजिक सञ्जालमा आफूप्रति नकारात्मक टिप्पणी गर्नेहरूको पहिचान फेसबूकमार्फत सार्वजनिक गर्दै आएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077