काठमाडौं । लिभरपुल तथा पोर्चुगलका स्टार डियागो जोटाको निधन भएको छ ।
कार दुर्घटनामा परेर उनको निधन भएको हो । स्पेनको जामोरा नजिक भएको कार दुर्घटनामा जोटा र उनको भाइ आन्द्रेको मृत्यु भएको स्पेनिस टेलिभिजन च्यानललाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।
मेडिकल इमर्जेन्सी युनिट (यूएमई) का अनुसार, उनीहरूलाई मोम्बेयु हेल्थ केयरमा पठाइएकामा दुवैको मृत्यु पुष्टि भएको हो ।
जोटाले दुई हप्ताअघिमात्रै प्रेमिका रुट कार्डोसोसँग विवाह गरेका थिए । लिभरपुलका फरवार्ड तथा लेफ्ट विंगर जोटा सन् २०२० मा इंग्लिस क्लब लिभरपुलमा अनुबन्धित भएका थिए ।