Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

उपाधिका लागि सिंगापुरविरुद्ध पहिले बलिङ गर्दै नेपाल

उपाधिका लागि सिंगापुरविरुद्ध पहिले बलिङ गर्दै नेपाल

शनिवार , आषाढ २१, २०८२

काठमाडौं । एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेट प्रतियोगिताअन्तर्गत सिङ्गापुरसँगको फाइनल खेलमा नेपालले टस हारेको छ ।

मलेशियाको बाङ्गीमा सिङ्कापुरले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्न लागेको हो ।

नेपालले सेमिफाइनलमा घरेलु टोली मलेशियालाई नौ विकेट र सिङ्गापुरले हङकङलाई चार विकेटले हराउँदै फाइनलमा पुगेको हो । नेपाल र सिङ्गपुर एउटै समूह ‘ए’ मा थिए ।

समूह चरणको खेलमा नेपालले सिङ्गापुरलाई छ विकेटले हराएको थियो । यो समूहबाट नेपाल शीर्ष र सिङ्गापुर दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेका थिए । नेपाल १६ वर्षमूनीको इस्ट जोन कप क्रिकेटको साविक विजेता टोली हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077