Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दिवाकर साहलाई रिमाको साथ, भनिन् - सत्यलाई दबाउने प्रयासको हामी विरोधी हौँ

दिवाकर साहलाई रिमाको साथ, भनिन् - सत्यलाई दबाउने प्रयासको हामी विरोधी हौँ

बिहिवार , आषाढ २६, २०८२

काठमाडौं । जलेश्वरस्थित पूर्वाधार विकास कार्यालयमा पत्रकार दिवाकर साहमाथि भएको दुर्व्यवहारप्रति अभिनेत्री रिमा विश्वकर्माले कडा प्रतिवाद जनाएकी छिन् ।

बुधबार राति सामाजिक सञ्जालमार्फत पत्रकार साहको साहसी पत्रकारिताको प्रशंसा गर्दै उनले पत्रकारको सुरक्षामा लापरवाही क्षम्य नहुने बताएकी हुन् ।

विश्वकर्माले समाजलाई सजग बनाउने अभियानमा सदैव पत्रकार साहको साथमा रहने प्रतिबद्धता जनाएकी छन्। उनले सत्य दबाउने कुनै पनि प्रयासको विरोध गर्ने उल्लेख गरेकी छन् ।

उनले लेखेकी छिन्,'प्रिय दिवाकर शाहजी, तपाईंले सत्यका पक्षमा उभिएर जनताका आवाजलाई बुलन्द बनाउँदै गर्नु भएको साहसी पत्रकारिताको हामी उच्च सम्मान गर्छौं। समाजलाई सजग बनाउन्ने अभियानमा हामी तपाईंको साथमा छौं – आज, भोलि र सधैं।'

उनले आफू सत्यलाई दबाउने जुनसुकै प्रयासको विरोधी भएको बताइन् । पत्रकारको सुरक्षामा लापरवाही क्षम्य हुने छैन, उनले लेखेकी छन् । पत्रकार दिवाकर साहमाथि जलेश्वरस्थित पूर्वाधार विकास कार्यालयमा भएको दुर्व्यवहारको विषयमा संसदमा समेत कुरा उठेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077