Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दिनेश डिसीलाई अभिनेत्री वर्षाको प्रश्न - महिला कलाकारलाई प्रोत्साहन गरिदिने अध्यक्ष कहिले पाउने ?

दिनेश डिसीलाई अभिनेत्री वर्षाको प्रश्न - महिला कलाकारलाई प्रोत्साहन गरिदिने अध्यक्ष कहिले पाउने ?

सोमवार , आषाढ ३०, २०८२

काठमाडौं । अभिनेत्री वर्षा शिवाकोटीले राष्ट्रिय चलचित्र पुरस्कार-२०८२ को सूचीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेकी छन् ।

चलचित्र विकास बोर्डद्वारा सोमबार प्रदान गरेको राष्ट्रिय चलचित्र पुरस्कारमा महिलाको उल्लेख्य उपस्थिति नदेखिएको भन्दै उनले सामाजिक सञ्जालमार्फत आवाज उठाएकी हुन् ।

फेसबुकमा लेख्दै शिवाकोटीले बोर्ड अध्यक्ष दिनेश डिसीलाई मेन्सन गर्दै भनिन्, 'लौ नायक ज्युहरूलाई मात्रै प्रोत्साहन गर्नुस्, हामी महिला कलाकारहरूलाई प्रोत्साहन गरिदिने अध्यक्ष हामीले कहिले पाउने ?'

पुरस्कार सूचीमा उत्कृष्ट निर्देशक, लेखक, छायाकार, सम्पादक, निर्णायक समिति सदस्य तथा विशेष प्रोत्साहन पुरस्कार प्राप्त सबैजसो पुरुष कलाकार रहेका छन् ।

उनको यो टिप्पणीसँगै फिल्म क्षेत्रको लैंगिक समावेशिता र प्रतिनिधित्वबारे पुनः बहस सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077