Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एलिना चौहानलाई पूर्वपति विष्णु सापकोटाको चेतावनी–मेरो मौनतालाई कमजोरी नठान्नु

एलिना चौहानलाई पूर्वपति विष्णु सापकोटाको चेतावनी–मेरो मौनतालाई कमजोरी नठान्नु

शुक्रवार , श्रावण २, २०८२

काठमाडौं । गायिका एलिना चौहानका पूर्वपति बिष्णु सापकोटाले आफ्नो डिभोर्सका विषयमा पहिलोपटक मुख खोलेका छन् ।

सापकोटाले आफ्नो मौनतालाई कमजोरी नठान्न चेतावनी दिंदै एलिनाले लगाइरहेका आरोपहरुका सम्बन्धमा उनले सामाजिक सञ्जालबाट प्रतिक्रिया जनाएका हुन् ।

आफ्नो चरित्रहत्याका विरुद्ध अष्ट्रेलियामा नै कानूनी प्रक्रिया अगाडि बढाइसकेको उनले बताएका छन् ।

सापकोटाले लेखेका छन्–‘म स्पष्टरूपमा भन्न चाहन्छु – अहिले मेरो बारेमा भइरहेका अनावश्यक टिकटक भिडियोहरु र भ्रामक गतिविधिहरूले मेरो व्यक्तिगत र सामाजिक प्रतिष्ठामा गम्भीर असर पुर्याइरहेका छन् ।

प्रतिशोध नभई, मेरो व्यक्तिगत अधिकार, प्रतिष्ठा र आत्म– सम्मानको संरक्षणका लागि मेरो ब्यक्तिगत मानहानी तथा ब्याबसायिक नोक्सानिको क्षतिपुर्ति सहित मैले अष्ट्रेलियामा कानुनी प्रक्रिया अघि बढाइसकेको छु । कानून सबैका लागि समान हुन्छ र न्यायको सही मार्ग पनि त्यही हो ।’

उनले आफ्नो मौनतालाई कमजोरी ठान्नु वा दोष स्वीकारेको संकेत मान्नु पूर्णरुपमा अनुचित हुने बताएका छन् ।

उनले भनेका छन्–‘अहिले दुबैको आ–आफ्नै व्यक्तिगत, पारिवारिक र व्यावसायिक जीवन छ । कहिलेसम्म यस कुराको सिकार हुनुपर्ने हो हामी ?’

यस्तो छ सापकोटाको पूरा स्टाटस :

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077