Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

पार्टीको नीतिविपरीत सार्वजनिक रूपमा अभिव्यक्ति नदिन नेता कार्यकर्तालाई निर्देशन

पार्टीको नीतिविपरीत सार्वजनिक रूपमा अभिव्यक्ति नदिन नेता कार्यकर्तालाई निर्देशन

शुक्रवार , श्रावण २, २०८२

कठमाडौं । राप्रपाले आफ्ना नेता तथा कार्यकर्तालाई सामाजिक सञ्जालमा लेख्न र मिडियामा बोल्नमा कडाइ गरेको छ ।

राप्रपा वरिष्ठ नेता उपाध्यक्ष तथा अनुशासन समितिकी अध्यक्ष रोशन कार्कीको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको प्रचार विभाग प्रमुख तथा राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी गराएका छन् ।

”बैठकले पार्टीको नीति, विचार, सिद्धान्त र वृहत्तर हित विपरीत हुने गरी सामाजिक सञ्जाल र सञ्चार माध्यमहरुमा लिखित वा मौखिक रुपमा कुनै पनि प्रकारको अभिव्यक्ति नदिन तथा त्यस सम्बन्धी कुनै पनि क्रियाकलाप नगर्नु नगराउनु हुन पार्टीका सबै तहका नेता कार्यकर्तालाई अनुरोध गर्दछ ।”

पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा राप्रपाले उदारवाद, राष्ट्रियता र प्रजातन्त्रका आधारमा पार्टी अनुशासन पालन गर्न विशेष जोड दिएको उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077