काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार अन्त्यका लागि विद्यमान निर्वाचन प्रणाली नै परिवर्तन गर्नुपर्ने बताएका छन् ।
नेपाल मतदाता अधिकार मञ्चले शुक्रबार बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले यस्तो बताएका हुन् ।
उनले आफ्नो पार्टीले खर्चिलो निर्वाचन प्रणाली परिवर्तन गर्न निरन्तर आवाज उठाउँदै आएको बताए ।
“वर्तमान निर्वाचन प्रणाली र संविधान संशोधनबारे माओवादी केन्द्रको स्पष्ट धारणा छ, खर्चिलो निर्वाचन प्रणाली र सांसद भएपछि मात्रै मन्त्री वा प्रधानमन्त्री बन्नुपर्ने व्यवस्थाका कारण भ्रष्टाचार बढेको हो,” उनले भने, “पूर्णसमानुपातिक संसद् र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली आवश्यक छ ।”