काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठक दोस्रो दिन पनि जारी छ । ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक बसिरहेको छ ।
पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनका सम्बन्धमा छलफल भइरहेको छ ।
विधान संशोधन प्रस्तावमा पोलिट्ब्युरो सदस्यहरूले धारणा राख्नेछन् । बैठकमा बोल्नका लागि एक सदस्यलाई पाँच मिनेटको समय दिइएको छ । शुक्रबार सातजना पोलिटब्युरो सदस्यले विधान संशोधनमाथि धारणा राखेका थिए ।
एमालेको विधान महाधिवेशनको पूर्वतयारीका क्रममा बिहीबार बसेको सचिवालय बैठकले पार्टी अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलेको विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलको सांगठनिक प्रतिवेदनको प्रस्ताव पारित गरेको थियो ।
एमालेको केन्द्रमा तीनवटा संरचना हुने प्रस्ताव गरिएको छ। सचिवालय बैठकले सचिवालयको व्यवस्था हटाउने भएको छ ।