Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

गत आर्थिक वर्षमा दैनिक २.५५ किलोमिटर सडक निर्माण भएको प्रधानमन्त्रीको दाबी

गत आर्थिक वर्षमा दैनिक २.५५ किलोमिटर सडक निर्माण भएको प्रधानमन्त्रीको दाबी

शनिवार , श्रावण ३, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत आर्थिक वर्षमा दैनिक २.५५ किलोमिटर सडक निर्माण भएको दाबी गरेका छन् ।

आज सामाजिक सञ्जालमा समृद्धिको बाटो, पछिल्लो छ वर्षयता मुलुकले सबैभन्दा ठूलो भौतिक पूर्वाधारमा फड्को मारेको बताएका हुन् ।

उनका अनुसार चालु आवमा ९३२ किलोमिटर सडक कालोपत्र भएको छ।

“आजभन्दा ६ वर्ष अगाडि हाम्रै सरकार हुँदा भौतिक पूर्वाधार विकासको गति उच्च भएको रेकर्ड रहेछ, त्यसबीचमा फेरि त्यो गति घटेको रहेछ,” उनले भनेका छन्, “अहिले फेरि हामी नै सरकारमा हुँदा पूर्वाधार विकासको गति बढेको तथ्यांक प्राप्त भएको छ । यो गति अझ बढाउनुपर्नेछ ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077