Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

रास्वपाको नीति : प्रदेशसभा खारेज, मन्त्रालयको संख्या १५ मा झार्ने

रास्वपाको नीति : प्रदेशसभा खारेज, मन्त्रालयको संख्या १५ मा झार्ने

शनिवार , श्रावण ३, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता समेत रहेका सांसद मनीष झाले आफ्नो पार्टी प्रदेशसभा खारेज गर्ने पक्षमा रहेको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेश रहने तर प्रदेशसभा खारेज गर्ने रास्वपाको नीति रहेको बताए।

प्रदेश सभामा पुग्ने प्रदेशका स्थानीय तह बनाउने गरी आफूहरू अघि बढिरहेको उनले सुनाए। पालिकाका प्रतिनिधि पुगेर प्रदेश सभामा काम गर्ने व्यवस्था गर्ने उनको भनाइ छ।

उनले भने–‘प्रदेश रहन्छ तर हामी प्रदेशसभा खारेज गर्न चाहन्छौँ। त्यो प्रदेशको सभामा पुग्ने त्यही प्रदेशको स्थानीय तह हुन्छ। पालिकाहरुको प्रतिनिधि पुगेर सभा गर्छन् । त्यसपछि प्रदेश र स्थानीयको तादम्यता एक अर्काको कोर्डिनेसन झनै प्रभावकारी हुन्छ।’

रास्वपाले केन्द्रमा मन्त्रालयको संख्या २१ बाट १५ मा झार्ने योजनाअनुसार आफ्नो नीति अघि बढाइरहेको जानकारी उनले दिए।

विभिन्न कालखण्डमा बनाइएका आयोग खारेज गर्ने पक्षमा रास्वपा रहेको उनले बताए।

उनले भने–‘११२ वटा आयोग, नियोग छन्। त्यो विभिन्न कालखण्डमा बनाइएका थिए । ‘अहिले पनि त्यसको गाडी चल्ने, पदाधिकारी, कर्मचारी, अफिस खर्च छ। तर, त्यसको काम छैन। ११२ वटा आयोग बन्द गरिदिनेबित्तिकै हाम्रो वार्षिक दुई–चार अर्ब खर्च बच्नेछ।’

सांसद झाले नेपाली कांग्रेस र नेकपा एमालेका नेताका आफ्ना योजना, सिद्धान्त, रणनीति केही नभएको केवल रास्वपा नेतालाई जवाफ दिएर बस्ने काम गरिरहेको टिप्पणी पनि गरे।

सत्तापक्षले संसदमा प्रतिपक्षको खण्डन नगर्ने भन्दै अब सत्तापक्षलाई संसदीय अभ्यास रास्वपाले सिकाउने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077