Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

प्रधानमन्त्री ओलीमाथि पुनको गम्भिर आरोप, रवि र माधव पछि आरजुलाई मुद्दा लगाउने तयारी

प्रधानमन्त्री ओलीमाथि पुनको गम्भिर आरोप, रवि र माधव पछि आरजुलाई मुद्दा लगाउने तयारी

शनिवार , श्रावण ३, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भिर आरोप लगाएका छन् । ओली निरंकुश र स्वेच्छाचारी तथा प्रतिशोधी प्रवृत्तिका मानिस भएको टिप्पणी गरेका छन् ।

पार्टीसम्बद्ध गोरखा–काठमाडौं सम्पर्क समन्वय समितिले शनिबार राजधानीमा आयोजना गरेको पार्टी स्कुल कार्यक्रममा बोल्दै उनले ओलीले अन्य राजनीतिक दलका नेताहरुप्रति प्रतिशोध लिने क्रम नरोकिएको दाबी गरेका हुन् ।

ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगीमा थुनेर रास्वपा विभाजन गर्ने नियतका साथ कदम चालेको आरोप लगाएका पुनले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई मुद्दा लगाएर सो पार्टी एमालेमा गाभ्ने षड्यन्त्र रचेको पनि दावी गरे ।

उनले भने–‘ओलीजीले विरोधीलाई ठेगान लगाउने नाममा अरु दलका मुल नेतृत्वमाथि मुद्धामामिला लगाउने पार्टी विघटन गरिदिने वा आफूमा गाभ्ने नीति लिनुभएको छ । रवि लामिछानेलाई भित्र राखेर पार्टी फुटाइदिने। एक्स्ट्रिम राजावादी दुर्गा प्रसाईं र रवीन्द्र मिश्रलाई जेल हाल्दिने। राजेन्द्र लिङदेनलाई अहिले आन्दोलन नगर भनेर रोक्न लगाउने। माधव नेपाललाई मुद्धा लगाएर एकीकृत समाजवादी आफूमा गाभ्ने। उपेन्द्र यादवजीको पार्टी फुटाएर एउटा समूह आफूमा मिलाउने।’

उनले कांग्रेस नेता आरजु राणामाथि समेत मुद्दा लगाउने तयारी गरेको दाबी गरे। उनले भने–‘हेर्दै जानुस् कांग्रेस गठबन्धनबाट अलिकति चल्मलाउन थाल्यो भने उहाँले कुनै केही न केही नाममा आरजु राणालाई मुद्दा लगाउने तयारी गर्नुभएको छ । उहाँले अब आरजुका आमाछोराको पालो हो भनेर कांग्रेस नेतृत्वलाई तर्साइरहनुभएको छ।’

भिजिट भिसा प्रकरणमा रमेश लेखक र टेरामक्स खरिदमा मोहनबहादुर बस्नेतलाई तानेर ओलीले कांग्रेस सभापति शेरबहादुर देउवामाथि दबाब बढाएको पुनको दावी छ ।

कार्यक्रममा बोल्दै उनले ओली सरकारको एक वर्ष भ्रष्टाचार र बेथितिमा बितेको आरोप लगाए। पुनले भने–‘भर्खरै घूस मागेका एक मन्त्रीले राजीनामा दिए। अर्काको फेरि घूस डिल गरेको अडियो सार्वजनिक भएको छ। एक वर्षमा सरकारले बिचौलिया पोस्ने कामबाहेक केही गरेको छैन।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077