Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

एमालेले हटायो ७० वर्षे उमेर हद

एमालेले हटायो ७० वर्षे उमेर हद

शनिवार , श्रावण ३, २०८२

काठमाडौं । नेकपा एमालेले पार्टीका नेताहरूका लागि ७० वर्षे उमेर हदको व्यवस्था हटाउने प्रस्ताव पारित गरेको छ ।

शुक्रबार र शनिबार बसेको पार्टीको पोलिटब्युरो बैठकले विधानमा रहेको उमेर हदसम्बन्धी व्यवस्था खारेज गर्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकार गरेको हो ।

बैठकपछि आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, बैठकले विधानको धारा ६४ मा रहेको उमेर हदको व्यवस्थालाई खारेज गर्ने प्रस्तावलाई स्वीकार गरेको छ ।

त्यस्तै, पार्टीको सदस्यता प्रणालीलाई सरल बनाउन ‘संगठित सदस्य’ र ‘पार्टी सदस्य’ गरी दुई प्रकारको व्यवस्था हटाएर एउटै बनाउने सुझावलाई पनि बैठकले स्वीकार गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077