काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता नवीकरण ‘पेन्डिङ’मा राखेको छ ।
ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा शुक्रबार र शनिबार बसेको पोलिटब्युरो बैठकमा पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरणबारे निर्णय नभएको हो ।
पार्टीको विधानको धारा ८ र ९ आर्कषित भएकाले त्यो स्थगन भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
‘नवीकरण पेन्डिङ अवस्थामा छ, किनभने पार्टी विधानको धारा ८ र धारा ९ आर्कषित भयो भने नवीकरण जहाँ छ, त्यही स्थगित भएको भन्ने बुझिन्छ,’ गौतमले भने, ‘पार्टीको धारा ८ र ९को व्याख्यापछि पार्टीले निर्णय लिन्छ।’
बैठकमा पदाधिकारी बाहेक ६८ जनाले धारणा राखेका थिए ।