Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

प्रधानमन्त्री ओलीले भने - भारी वर्षा हुने अनुमान छ, सुरक्षित स्थानमा बस्नू

प्रधानमन्त्री ओलीले भने - भारी वर्षा हुने अनुमान छ, सुरक्षित स्थानमा बस्नू

आइतवार , श्रावण ४, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यकबाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन आम नागरिकलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले आइतबार बिहानै सामाजिक सञ्जालमार्फत मौसम विज्ञान विभागले आज व्यापक मात्रामा वर्षा हुने आकलन गरेको उल्लेख गर्दै सो आग्रह गरेका हुन् ।

साथै उनले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा निर्देशन पनि दिए ।

उनले भनेका छन्, ‘मौसम विज्ञान विभागले आज दिउँसो देशका विभिन्न स्थानहरूमा भारी वर्षा हुने अनुमान गरेको छ। मौसमजन्य विपद्‌बाट बच्न सुरक्षा निकायले आवश्यक सतर्कताका लागि जारी गरेको सूचनालाई पालना गरौँ। अत्यावश्यकबाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन अनुरोध गर्दछु। सुरक्षाकर्मीहरूलाई आवश्यक सुरक्षाको तयारी अवस्थामा रहन निर्देशन गर्दछु।’

मौसमविद्का अनुसार रातिदेखि नै देशका विभिन्न स्थानमा वर्षा जारी छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज बिहानै सूचना जारी गरी गण्डकी प्रदेशका धेरै ठाउँमा ठूलो वर्षा भइरहेको जानकारी दिँदै सम्बन्धित क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन सुझाव दिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077