Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

च्यासलमा ओली र भण्डारीबीच आमने–सामने

च्यासलमा ओली र भण्डारीबीच आमने–सामने

आइतवार , श्रावण ४, २०८२

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज एमाले पार्टी केन्द्रीय कार्यालय च्यासल जाने भएकी छन् ।

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्न च्यासल जान लागेकी हुन् ।

दिउँसो ३ बजे च्यासल जाने तयारी रहेको उनको सचिवालयले जनाएको छ ।

एमालेको सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी भण्डारीको सदस्यता नविकरण नै हुन सकेको छैन ।

अध्यक्ष ओली कुनै पनि हालतमा भण्डारीलाई रोक्न विभिन्न बहाना खोजिरहेका छन् भने वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलसहितका केही शिर्ष नेताहरु भण्डारीलाई भित्र्याउन आतुर छन् ।

जसले गर्दा एमालेभित्र रडाको मच्चिएको छ । ओली पक्षका नेताहरु भण्डारीले नेतृत्व नै हत्याउने भन्दै सामाजिक सञ्जालबाटै आक्रो पोखिरहेका छन् भने भण्डारी पक्षका नेताहरुले पनि त्यहि शैली अपनाई रहेका छन् ।

यसको पछिल्लो उदाहरण इश्वर पोखरेल, शंकर पोखरले, महेश बस्नेत, कर्ण थापा लगायत हुन् । उनीहरुले आ–आफ्नो पक्षको बचाउ गर्दै फेसबुकमा स्टाटस नै लेखेका छन् ।

कुनै बेला एकअर्काका ठूला र खुला सहयोगी मानिने ओली र भण्डारीबीच यतिबेला दुरी बढेकै छ । पहिलेजस्तो हार्दिक सम्बन्ध नभएका उनीहरुबीच आज आमने–सामने हुने अवस्था आएको हो ।

पार्टीमा आफ्नो एकछत्र शक्ति भएको मौका छोपेर अध्यक्ष ओलीले भण्डारीलाई दुईपटक राष्ट्रपति बनाउन भूमिका खेलेको तथ्य कसैबाट छिपेको छैन।

पार्टीभित्रका धेरै वरिष्ठ नेताहरूलाई पछि पार्दै भण्डारीले दुई–दुईपटक मुलुकको राष्ट्रपति बन्ने दुर्लभ अवसर पाउनुमा ओलीको सहयोगले ठूलो भूमिका खेलेको थियो।

ओलीले आफूलाई गरेको त्यही सहयोगको गुन तिर्न भण्डारीले पनि राष्ट्रपति पदको दोस्रो कार्यकालमा ठूलो बदनामी खेप्नुपर्‍यो।

माधवकुमार नेपाल, झलनाथ खनालहरू पार्टी विभाजन गरेर हिँडेपछि अध्यक्ष ओली एमालेभित्र निर्विकल्पझैं खडा थिए र अहिलेसम्म छन् पनि ।

यसबीच कटु आलोचक भीम रावल कारबाहीमा परेर निकालिएका छन्। भने धनश्याम भुसाल त्योभन्दा अगाडि नै पार्टी छाडेका छन्।

यस्तो बेला ओलीको कार्यशैलीसँग असन्तुष्ट कतिपय नेता–कार्यकर्ताले विद्या भण्डारीलाई भावी नेतृत्व भन्दै अघि सार्न सुरू गरिसकेका छन्।

भण्डारी आफैमा पनि यसको तीव्र इच्छा देखिन्छ। उनको देश दौडाहा सायद त्यसैको प्रतिविम्ब हो । जुन कुरा ओलीलाई पटक्कै मन परेको छैन । त्यसैले एमालेको विधानलाई देखााएर भण्डारीको सदस्यता अहिलेसम्म नविकरण गरिएको छैन ।

एमालेका नेताहरुले सदस्यता नविकरण गर्ने विषयमा पनि पार्टीभित्र गम्भीर छलफल हुनुर्ने माग राख्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077