Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

झण्डै १० वर्षपछि एमाले मुख्यालयमा पुगिन् विद्या भण्डारी

झण्डै १० वर्षपछि एमाले मुख्यालयमा पुगिन् विद्या भण्डारी

आइतवार , श्रावण ४, २०८२

काठमाडौं । पूर्वराष्ट्रपति एवं नेकपा एमालेकी नेतृ विद्यादेवी भण्डारी एमाले मुख्यालय पुगेका छन्।

आइतबार दिउँसो उनी ललितपुरको च्यासलस्थित एमालेको पार्टी कार्यालयमा पुगेकी हुन्।

एमालेको सक्रिय राजनीतिमा फर्किने घोषणा गरेकी उनी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न च्यासल पुगेकी हुन्।

एमाले पार्टी कार्यालयमा नेता कार्यकर्ताहरूको बाक्लो भिड छ ।

राष्ट्रपति बनेपछि एमालेको उपाध्यक्ष पदबाट राजीनामा दिएकी भण्डारी आज पहिलो पटक च्यासलल पुगेकी हुन् ।

धुम्बाराहीमा पार्टी कार्यालय हुँदा राष्ट्रपति बनेकी भण्डारी च्यासलमा पार्टी कार्यालय बनेपछि पहिलो पटक आज पुगेकी हुन् ।

भण्डारी २०७२ साल कार्तिक ११ गते पहिलो पटक राष्ट्रपतिमा निर्वाचित भएकी थिइन्।

उनले केही समय अगाडि एमालेको राजनीतिमा आउने घोषणा गरेकी थिइन् तर पार्टीले उनको सदस्यता नविकरण नै गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077