काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेतृ विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।
ललितपुरस्थित पार्टी कार्यालयमा उनीहरूबीच भेटवार्ता भएको हो । सदस्यता नवीकरणको विषयमा चर्काचर्की भइरहेका बेला उनीहरूबीच छलफल हुने बताइएको छ ।
छलफलमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, पोलिटब्युरो सदस्य कर्ण थापालगायत सहभागी छन्।
७ वर्ष राष्ट्रपति भएपछि पुनः एमालेको राजनीतिमा फर्किएको घोषणा गरेको तीन हप्तापछि भण्डारी एमाले पार्टीको केन्द्रीय कार्यालय पुगेकी हुन् ।
एमालेको सक्रिय राजनीतिमा फर्किने घोषणा गरेपछि ओलीसँग उनको यो पहिलो भेटवार्ता हो ।
पूर्वराष्ट्रपति भण्डारीले पार्टीको राजनीतिमा आउने सार्वजनिक घोषणा गरेपछि एमालेको हालैको सचिवालय र पोलिटब्युरो बैठकमा यस विषयमा छलफल भएको थियो ।