Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

मोहन वैद्यको निवास पुगे प्रचण्ड

मोहन वैद्यको निवास पुगे प्रचण्ड

आइतवार , श्रावण ४, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’लाई भेट्न पुगेका छन् ।

आइतबार वैद्यको निवास टोखा पुगेर प्रचण्डले भेटघाट गरेका हुन् । वैद्य लामो समयको उपचारपछि केही दिन पहिले डिस्चार्ज भएका थिए ।

उनको स्वास्थ्य अवस्थामा क्रमशः सुधार हुँदै गएकोप्रति प्रचण्डले खुशी व्यक्त गरे ।

साथै, वैद्यको पूर्ण स्वास्थ्य लाभको कामना पनि गरेको प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077