काठमाडौं । नेकपा एमालेका नेता कर्ण थापाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी सदस्यता नवीकरण गरिसकेको दाबी गरेका छन् ।
आइतबार पार्टी मुख्यालय च्यासलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस्तो दाबी गरेका हुन्।
‘उहाँले पार्टी सदस्यतानवीकरण गर्नुभएको त एक वर्ष अगाडि, एक वर्ष अगाडि उहाँले अघिल्लो वर्षको नवीकरण गर्नुभयो र यस वर्षको पनि उहाँले नवीकरण गरिसक्नुभयो,’ थापाले भने, ‘यो त हाम्रो पार्टीको महासचिव शंकर पोखरेलले सञ्चारमाध्यमसँग बोल्दा नै १४ गते नवीकरण गर्नुभएको होइन नि उहाँले त, एक वर्षअगाडि नै गर्नुभएको हो हामी सबैलाई थाहा छ। अब उहाँले नवीकरण विषयमा त्यसमा कुनै विवाद छैन भनेर भन्नुभएको छ।‘
उनले भण्डारीको पार्टी सदस्यताका बारेमा केही समस्या नै नरहेको बताए ।