काठमाडौं । मन्त्रिपरिषद्को बैठक बालुवाटारमा बसिरहेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक अहिले बसिरहेको हो ।
मन्त्रिपरिषद्को नियमित बैठक भने सामान्यतया सोमबार वा बिहीबार बस्ने गर्छ । आइतबार दिउँसो प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको थियो।
त्यसलगतै प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।