Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

‘कुलिङ पिरियड’ मा एमालेको दोहोरो चरित्र देखियो, जुन गठबन्धनलाई धोका हो : शेखर कोइराला

‘कुलिङ पिरियड’ मा एमालेको दोहोरो चरित्र देखियो, जुन गठबन्धनलाई धोका हो : शेखर कोइराला

आइतवार , श्रावण ४, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेकपा एमालेको कुलिङ पिरियड हटाउने प्रस्ताव आपत्तिजनक भएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् । उनले एमालेको दोहोरो चरित्र जनता, लोकतन्त्र र गठबन्धनलाई धोका भएको टिप्पणी गरे ।

“नेकपा एमालेका सांसदहरूले राष्ट्रियसभामा संघीय निजामती विधेयकमा हालेको संशोधन आपत्तिजनक छ । गठबन्धनका दलबीच भएको सहमति र समितिमा भएको सर्वसम्मतिविपरीत यसरी आफ्ना सांसदहरूलाई संशोधन हाल्न लगाउनु एमालेको दोहोरो चरित्र मात्र नभई उसले देश, जनता, लोकतन्त्र र गठबन्धनलाई दिएको धोका हो,” उनले भनेका छन् ।

कोइरालाले एमालेको संशोधन पास हुन दिन नहुने मत राखेका छन् । उनले भने, “नेपाली कांग्रेसले यस सम्बन्धमा एमालेको आधिकारिक धारणा माग गर्नुपर्छ साथै सबै मिलेर एमालेले हालेको संशोधन पास हुन दिनु हुन्न । कुलिङ पिरियड रहन्छ, रहन्छ र रहन्छ । कोही दुविधामा नपरे हुन्छ ।”

एमालेले राष्ट्रियसभामा कुलिङ पिरियडको प्रावधान हटाउने संशोधन प्रस्ताव दर्ता गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077