काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्वर ढुंगानाले चालु आर्थिक वर्षमा १ सय २० वटा कानून निर्माण गर्ने सरकारको योजना रहेको बताएका छन् ।
आइतबार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सचिव ढुंगानाले यस्तो बताएका हुन् ।
उनले संख्या महत्वाकाङ्क्षी भए पनि कार्यान्वयनका लागि स्पष्ट कार्ययोजना र कार्यतालिकासहित सरकार अघि बढ्ने बताए ।
उनले मन्त्रालयगत रुपमा निर्माण गर्नुपर्ने कानून, त्यसको कार्ययोजना र कार्यतालिकासहित संसदमा पेश गरिसकेको बताए ।