Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

तीनवटा संसदीय समितिको बैठक आज बस्दै, यस्ता छन् एजेण्डा

तीनवटा संसदीय समितिको बैठक आज बस्दै, यस्ता छन् एजेण्डा

मंगलवार , श्रावण ६, २०८२

काठमाडौँ । प्रतिनिधिसभा अन्तगर्तका तीनवटा समितिको आज बैठक बस्दैछ ।

कानून, न्याय तथा मानव अधिकार, महिला तथा सामाजिक मामिला र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्न लागेको हो ।

बिहान साढे ११ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिमा ‘वैदेशिक रोजगारीमा रहेका महिला कामदारको विद्यमान अवस्थाका सम्बन्धमा’ छलफल गर्ने कार्यसूची रहेको छ ।

संसद सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने कानुन समितिमा ‘विश्वव्यापी आवधिक समीक्षा सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगसँग’ छलफल गर्ने कार्यक्रम छ ।

अपराह्न ३ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ‘मिडिया काउन्सिल विधेयक माथि संशोधनकर्तासँग छलफल’ गर्ने कार्यसूची छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077