Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

चाक्सीबारी बैठकको निष्कर्ष सुनाउन कांग्रेसका नेताहरू देउवा निवासमा

चाक्सीबारी बैठकको निष्कर्ष सुनाउन कांग्रेसका नेताहरू देउवा निवासमा

मंगलवार , श्रावण ६, २०८२

काठमाडौं । नेपाली कांग्रेसका पूर्वपदाधिकारीहरू सभापति शेरबहादुर देउवालाई भेट्न निवास बूढानीलकण्ठ पुगेका छन्।

सोमबार उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा छलफल गरेका उनीहरूले सभापति देउवालाई छलफलको निष्कर्ष सुनाउने निर्णय गरेका थिए।

उपप्रधानमन्त्री सिंहसहित नेताहरू मंगलबार बूढानीलकण्ठ पुगेर सभापति देउवासँग छलफल गरेका छन्।

नेपाली कांग्रेस र नेकपा एमालेबीच २०८१ असार १७ गते भएको ७ बुँदे सहमतिअनुसार गठबन्धनको भावनाबमोजिम सरकारले कामकारबाही गर्नुपर्ने र संविधान संशोधनका विषय अघि बढाउनुपर्ने पूर्वपदाधिकारीहरूको निष्कर्ष थियो।

यसबारे उनीहरूले सभापति देउवासँग भेटेर कुराकानी गरेका हुन्।

[insert page='357541' display='yopanipadhnuhos.php']

उपप्रधानमन्त्री सिंह, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदार, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र प्रवक्ता प्रकाशशरण महत सभापति देउवालाई भेट्न पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077