Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

कुलिङ पिरियड किर्ते प्रकरण : समितिद्वारा संसद्का महासचिव पाण्डेसँग सोधपुछ

कुलिङ पिरियड किर्ते प्रकरण : समितिद्वारा संसद्का महासचिव पाण्डेसँग सोधपुछ

मंगलवार , श्रावण ६, २०८२

काठमाडौं । संघीय निजामती सेवा विधेयकमा भएको गठबडीबारे छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयसँग सोधपुछ गरेको छ ।

सिंहदरवारस्थित समितिको सभाकक्षमै पाण्डेसँग सोधपुछ भएको हो । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले सरकारी कर्मचारीका लागि अवकाश पाएको वा राजीनामा दिएको २ वर्षसम्म संवैधानिक, कुटनतिक र अन्य नियुक्ति लिन अयोग्य हुने विषयमा सहमति जुटाएको थियो ।

यसअनुसार निजामती सेवा विधेयकमा प्रावधान राखिएको छ । तर सोही विधेयक संसदमा पुग्दा भाषा परिवर्तन भएपछि छानविन समिति बनेको हो ।

२ वर्षसम्म कुलिङ पिरियड लागू हुने प्रावधानलाई निश्कृय बनाउने भाषा प्रयोग गरिएको विधेयकको प्रतिवेदन संसदमा पुगेपछि त्यसको विरोध भइरहेको छ ।

नेपाली कांग्रेसका सांसद जीवन परियारको सभापतित्वमा गठित समितिले संघीय संसद सचिवालयका महासचिव पाण्डेयसँग समेत सोधपुछ गरेको हो ।

विशेष छानबिन समितिले यसअघि राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडासँग सोधपुछ गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077