Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

पूर्वराष्ट्रपति भण्डारीले राजनीतिमा आउन मिल्दैन : राजेन्द्र गौतम

पूर्वराष्ट्रपति भण्डारीले राजनीतिमा आउन मिल्दैन : राजेन्द्र गौतम

मंगलवार , श्रावण ६, २०८२

काठमाडौं । नेकपा एमालेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा फर्कन नहुने बताएका छन् ।

नेकपा एमालेको जारी केन्द्रीय समिति बैठक परिसरमा जम्मा भएका सञ्चारकर्मीहरूसँग नेता गौतमले यस्तो भनेका हुन् । उनले भण्डारी सेनाको परमाधिपतिसमेत भइसकेको व्यक्ति भएकाले राजनीतिमा फर्कन नहुने बताए ।

पूर्वराष्ट्रपति पार्टीमा फर्कने कुरा एमालेको मात्र विषय नभएर समग्र देशकै विषय भएकाले एमालेले मात्र यसको निर्णय नगर्ने पनि बताए ।

‘उहाँ देशको प्रमुख भइसकेको तथा सेनाको परमाधिपति भइसकेका कारण राजनीतिमा फर्कने कुरा एमाले एक्लैले निर्णय गर्न सक्दैन,’ गौतमले भने।

नेकपा एमालेको केन्द्रीय समिति बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक पुनरागमनको विषयले चासो पाएको छ । नेताहरुले पक्ष र विपक्षमा आफ्नो धारणा राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077