Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

कानुनमन्त्री चौरसियालाई राखेर सभामुख घिमिरेद्वारा रास्वपा–राप्रपा नेतासँग छलफल

कानुनमन्त्री चौरसियालाई राखेर सभामुख घिमिरेद्वारा रास्वपा–राप्रपा नेतासँग छलफल

मंगलवार , श्रावण ६, २०८२

काठमाडौं । लामो समयदेखि जारी संसद्‌को गतिरोध हटाउने उद्देश्यले सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरूसँग छलफल गरेका छन् ।

संसद्को गतिरोध हटाउने विषयमा आज सभामुख घिमिरेले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाको सहभागितामा रास्वपा र राप्रपाका नेताहरूसँग छलफल गरेका हुन् ।

छलफलमा रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल र राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ उपस्थित थिए ।

सभामुख घिमिरले संसद् चलाउने वातावरण बनाउन आग्रह गरेका थिए । कानुनमन्त्री चौरसियाले सरकारले छानबिन समिति बनाएर काम थालिसकेको बताएका थिए । उनले रास्वपा र राप्रपाका नेताहरूलाई लचिलो बन्न आग्रह गरेका थिए ।

जवाफमा रास्वपाका कार्यवाहक सभापति अर्यालले आफूहरूले उठाएका मुद्दा गम्भीर रहेको तर सरकारले बेवास्ता गरेको बताए । राप्रपाका उपाध्यक्ष तामाङले आफूहरूसँग सहमति नभएसम्म पछाडि नहट्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077