Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

कर्ण थापाले बोल्न समय माग्दा अध्यक्ष ओलीले रोके !

कर्ण थापाले बोल्न समय माग्दा अध्यक्ष ओलीले रोके !

मंगलवार , श्रावण ६, २०८२

काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो धारणा प्रस्तुत गर्दै फरक मत राख्न खोज्ने नेताहरूलाई रोकेका छन् ।

बैठकमा स्थायी कमिटी सदस्य कर्ण थापाले केही समय लिएर आफ्ना कुरा राख्न चाहेका थिए । तर अध्यक्ष ओलीले 'निर्णय नै सुनाएको छैन, के फरक मत ?, बस्नुस्' भन्दै रोकेका हुन् ।

समय माग्दा नदिएर ओलीले केन्द्रीय कमिटी बैठक समापन गर्न खोज्दा थापाले आपत्ति प्रकट गरेका हुन् । उनको आपत्तिबीच ओलीले अहिले समापन भाषण गरिरहेका छन् ।

आजको बैठकमा पार्टीको विधान, राजनीतिक सन्दर्भ र समसामयिक विषयवस्तुमा १३१ जना नेताहरूले आफ्ना धारणा राखेका थिए । बहसलाई समेटेर निष्कर्ष निकाल्न बैठक जारी छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077