काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले कम्युनिष्ट आन्दोलनमा पुष्पलालले दिएको योगदान आज पनि उतिकै सान्दर्भिक रहेको बताएका छन् ।
बुधबार पुष्पलाल श्रेष्ठको ४७औँ स्मृति दिवसको अवसरमा एक सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् ।
'कमरेड पुष्पलालले हामीलाई भौतिक रुपमा छाडेर गए पनि नेपाली कम्युनिष्ट आन्दोलनलाई उहाँले दिनुभएको योगदान आज पनि उतिकै सान्दर्भिक छ,' उनले भनेका छन् ।
आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७औँ स्मृति दिवस आज देशभर मनाइँदै छ ।
नेकपा एमाले, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) लगायत विभिन्न समूहमा छरिएका कम्युनिष्ट पार्टीहरूले आज विभिन्न कार्यक्रम गरी उहाँको योगदानको सम्झना गर्दैछन् ।