Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

निषेधको अन्त्य गर्न नयाँ संकल्प गरौं, स्वतन्त्रताको लडाइँ नयाँ शिराबाट लडौं : कर्ण थापा

निषेधको अन्त्य गर्न नयाँ संकल्प गरौं, स्वतन्त्रताको लडाइँ नयाँ शिराबाट लडौं : कर्ण थापा

बुधवार , श्रावण ७, २०८२

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाले घृणा, अपमान र निषेधको अन्त्यका लागि नयाँ संकल्प गर्न कार्यकर्तालाई अपिल गरेका छन् ।

एमाले केन्द्रीय समिति बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी राजनीतिमा नफर्किई अभिभावकका रूपमा बस्न आग्रह गर्ने निर्णय गरेको भोलिपल्ट सामाजिक सञ्जाल फेसबुकमार्फत उनले अपिल गरेका हुन् ।

उनले जबजका मूल्य र मान्यतालाई स्थापित गर्न नयाँ संकल्प गर्नुपर्ने बताए । स्वाभिमान र स्वतन्त्रताको लडाइँ नयाँ शिराबाट लड्नुपर्ने उनको भनाइ छ ।

'घृणा, अपमान र निषेधको अन्त्य र जबजका मूल्य र मान्यतालाई स्थापित गर्न नयाँ संकल्प गरौं । स्वाभिमान र स्वतन्त्रताको लडाइँ नयाँ शिराबाट लडौं । हरेक विवेकशील एमाले कार्यकर्तासँग हार्दिक अपिल गर्दछु,' सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077