काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले भिजिट भिसासहित भ्रष्टाचारमा संलग्न भएका मन्त्रीहरूको छानिबनका लागि आयोग गठन नगरेसम्म सदनमा विरोध गरिरहने बताएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् ।
उनले भने, “अब भिजिट भिसामा मात्रै होइन । यी दर्जनौँ मन्त्रीकोबारेमा जुन विवाद आइरहेको छ । भ्रष्टचारमा संलग्न रहेको कुरा आइरहेको छ । बजार भाउ बढाएर कमिसन खाएको कुरा आएको छ । ती सबैको छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गरिनुपर्छ । त्यसबेला सम्म संसद्मा विरोध गरिराख्छौँ ।”
उनले सरकारलाई सच्चिन पनि आग्रह गरे । उनले सदनमा निरन्तर छानविन समिति बनाउन माग गर्दा पनि सरकारले नसुनेको भन्दै अब सडकबाट दबाब दिने चेतावनी दिए ।