Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

विवादित जगदुल्ला जलविद्युत आयोजना निर्माणको प्रक्रिया अघि बढाउन लेखा समितिको निर्देशन

विवादित जगदुल्ला जलविद्युत आयोजना निर्माणको प्रक्रिया अघि बढाउन लेखा समितिको निर्देशन

बुधवार , श्रावण ७, २०८२

काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले डोल्पामा निर्माण हुन लागेको विवादित १०६ मेगावाट क्षमताको जगदुल्ला जलविद्युत् आयोजनाको ठेक्का प्रक्रिया कानुन अनुसार अघि बढाउन निर्देशन दिएको छ ।

सिंहदरबारमा बुधबार बसेको समिति बैठकले आयोजना निर्माणसम्बन्धी उजुरीका विषयमा छलफल गर्दै प्रचलित कानुनको उल्लंघन नहुने गरी आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो ।

समितिका सभापति ऋषिकेश पोखरेलका अनुसार कानुनी प्रक्रिया पालना हुने गरी सम्बन्धित निकायले नै जिम्मेवारी लिने गरी अगाडि बढ्नुपर्ने स्पष्ट गरिएको छ ।

सभापति पोखरेलले जगदुल्ला जलविद्युत् आयोजना सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले संसदीय समितिको विस्तृत छलफल आवश्यक नरहेको तर्क गरे । उनले समितिले विषयमा स्पष्ट निर्देशन दिइसकेकाले अब कार्यान्वयनको चरणमा जानुपर्ने धारणा राखे ।

आयोजना सञ्चालनको जिम्मेवारी लिएको जगदुल्ला हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाका अनुसार विभिन्न विवाद र उजुरीका कारण ठेक्का प्रक्रिया दुई महिनादेखि रोकिएको छ।

विशेष गरी चिनियाँ कम्पनी सिनो हाइड्रोले ठेक्का प्रक्रिया विरुद्ध उजुरी दिएपछि विभिन्न सरकारी निकायहरूले पनि अनुसन्धान अघि बढाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077