Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ भन्ने संकल्पमा प्रतिबद्ध छु : प्रधानमन्त्री ओली

भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ भन्ने संकल्पमा प्रतिबद्ध छु : प्रधानमन्त्री ओली

बुधवार , श्रावण ७, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू भ्रष्टाचार नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् ।

बुधबार प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भ्रष्टाचार विरुद्धको लडाइँमा आफू दृढ रहेको बताएका हुन् ।

“भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ भन्ने राष्ट्रिय संकल्पप्रति म पूर्ण रूपमा प्रतिबद्ध छु,” प्रधानमन्त्री ओलीले संसदमा घोषणा गरे ।

उनका अनुसार भ्रष्टाचार विरुद्ध सरकारको नीति “शून्य सहनशीलता” को हो । उनले सामाजिक सञ्जाल, हल्ला वा अनुमानको आधारमा होइन, तथ्य र प्रमाणको आधारमा मात्रै कारबाही हुने स्पष्ट पारे।

प्रधानमन्त्री ओलीले केही व्यक्तिहरूले निराधार आरोप लगाउँदै आएकोमा असन्तुष्टि व्यक्त गरे। उनले भने, “केही मानिसहरूको फेसन नै बनेको छ, प्रधानमन्त्रीलाई अलिकति लाञ्छना नलगाई नहुने। कहिले पशुपतिमा पित्तल चढायो भनेर हल्ला गर्छन्।”

त्यस्ता आधारहीन आरोपहरूबारे आफूले चासो नदिने भन्दै उनले थपे, “त्यस्ता कुराहरू ह्याबिटको विषय हो, म त्यसमा चित्त दुखाउँदिनँ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077