Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चलचित्र ‘सिटामोल’को ट्रेलर सार्वजनिक

चलचित्र ‘सिटामोल’को ट्रेलर सार्वजनिक

बिहिवार , श्रावण ८, २०८२

काठमाडौं । चलचित्र ‘सिटामोल’को ट्रेलर सार्वजनिक गरिएको छ । आगामी साउन २३ गते जनैपूर्णिमाको अवसरमा प्रदर्शनमा आउन लागेको चलचित्र ‘सिटामोल’को ट्रेलर बुधबार सार्वजनिक गरिएको हो ।

सार्वजनिक तीन मिनेट २० सेकेन्ड लामो ट्रेलरमा हल्का शैलीको कमेडी, सटिक संवाद र सामाजिक व्यंग्यले भरिएको छ । ट्रेलरमा सौगात मल्ल र बेनिशा हमालको दमदार अभिनय झल्किन्छ ।

राजबहादुर साने निर्देशित चलचित्रमा सौगात र बेनिशासहित श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भूगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण नेपाली, आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ।

तुल्सी देवी फिल्म प्रालिले जुनतारा फिल्मसको सहकार्यमा निर्माण गरेको चलचित्रको कथा प्रदीप भारद्वाज र निर्देशक सानेले लेखेका हुन् ।

सिमोस सुनुवारको प्रस्तुति रहेको सिनेमामा भूगोलकुमार कार्की र विकाशराज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता अनि गंगाराम श्रेष्ठ सहनिर्मातामा छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077