Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

तीजको अवसरमा अष्ट्रेलियाको अर्बनमा रामजी र शान्तिरानीको दमदार प्रस्तुती

तीजको अवसरमा अष्ट्रेलियाको अर्बनमा रामजी र शान्तिरानीको दमदार प्रस्तुती

मंगलवार , श्रावण १३, २०८२

काठमाडौं । अष्ट्रेलियाको अर्बनमा तीजको अवसर पारेर सांगीतिक कार्यक्रम हुने भएको छ ।

कार्यक्रममा गायक रामजी खाँड र गायिका शान्तीरानी परियारले प्रस्तुती दिने भएका हुन् । भदौ ६ गते अर्थात अगष्ट २२ मा अर्बनको एनएसडब्लु ग्रान्ड प्लायेसमा सांगीतिक कार्यक्रम हुने भएको हो ।

तीजको अवसरमा हुने सांगीतिक कार्यक्रममा प्रवेश शूल्क ५९ डलर राखिएको छ । अनलाइनबाट भने ५५ डलरमै खरिद गर्न सकिने अर्बन सोसाइटीका अध्यक्ष अरुण श्रेष्ठले जानकारी दिए ।

विदेशमा रहेका नेपाली महिलालाई आफ्नो संस्कृति तथा चाडपर्वको महत्त्व बुझाउनका लागि यस्ता सांगीतिक कार्यक्रम गरिएको श्रेष्ठले बताए ।
विदेशमा बसेर नेपालको चाडपर्व तथा संस्कृतिलाई नभुल्नलाई पनि समय–समयमा यस्तो कार्यक्रम आयोजना गर्नुपरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077