काठमाडौं । नेकपा एमालेका पूर्वनेता डा. भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान गठबन्धन सरकार राजा महेन्द्रको शासनभन्दा पनि प्रतिगामी भएको आरोप लगाएका छन् ।
शनिबार राजधानीमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता रावलले यस्तो आरोप लगाएका हुन् ।
भूमिसम्बन्धी ऐनमा गर्न लागिएको संशोधनले जमिनदार र सार्वजनिक जग्गा हडप्नेहरूलाई फाइदा पुर्याउने भन्दै उनले सरकारको नियतमाथि प्रश्न उठाए ।
२०२१ सालमा राजा महेन्द्रले लागू गरेको भूमिसुधार ऐनको प्रगतिशील प्रावधानलाई समेत वर्तमान सरकारले उल्टाउन खोजेको दाबी गरे।